बैशाख ३०, २०८१, आइतबार
               

अस्ट्रेलियन दूतावासको अपिल: अत्यावश्यक काम भए मात्र आउनु

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक काम भए मात्र दूतावास आउन नेपालीहरुलाई आग्रह गरेको छ ।

अत्यावश्यक तथा व्यक्ति आफैँ उपस्थित हुनुपर्ने कामबाहेकको अन्य अवस्थामा दूतावास नआउन त्यहाँस्थित नेपालीहरुलाई दूतावासले आग्रह गरेको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिरहेको अवस्थामा बिहीबारदेखि लागू हुनेगरी दूतावासले आफ्नो सेवा प्रवाहको प्रक्रिया हेरफेर गरेको हो ।

राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालकअनुमतिपत्र लगायत राजदूतावासको नियमित कन्सुलर सेवाहरुका लागि दूतावासको वेबसाइटमा उल्लेखित विवरणअनुसारको कागजात तयार पारी हुलाकमार्फत पठाउन दूतावासले अपिल गरेको छ ।

यस्तै, अधिकृत वारेशनामा, मञ्जुरीनामा लगायत दूतावासमा स्वयं उपस्थित भइ सहीछाप गरिदिनुपर्ने कामका लागि अत्यन्त जरुरी अवस्थामा मात्र दूतावासमा आउन पनि अपिल गरिएको छ ।

विशेष कामका लागि आउँदा सम्बन्धित व्यक्तिमात्र आउने तथा अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न समेत दूतावासले सुझाव दिएको छ ।

अष्ट्रेलिया सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि लागू गरेको व्यवस्था पालना गर्नका लागि पनि दूतावासले त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ । 

अष्ट्रेलिया सरकारले सार्वजनिक स्थानमा समूहमा नबस्न हुने खालको कार्यक्रम नगर्न, नेपालबाट आएपश्चात अनिवार्य रुपमा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न तथा अस्वस्थ भएमा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि