बैशाख ३०, २०८१, आइतबार
               

आइतबार मेलवर्नमा ‘जात्रा’, नितेश कुँवरले प्रस्तुती दिने

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

एस इभेन्टस् एन्ड मल्टिमिडियाको आयोजनामा अस्ट्रेलियाको मेलवर्नमा आइतबार सांगीतिक कार्यक्रम ‘जात्रा’ हुँदैछ । कार्यक्रममा चर्चित गायक नितेशजंग कुँवरसहितका कलाकारहरुको प्रस्तुती रहनेछ ।

सन् २०१५ यता एस इभेन्टस् एन्ड मल्टिमिडियाले प्रत्येक दुई वर्षको फरकमा होली पर्वको अवसर पारेर कार्यक्रम आयोजना गर्दै आएको एस इभेन्टस् एन्ड मल्टिमिडियाका निर्देशक तथा इभेन्ट कोअर्डिनेटर सुनोद श्रेष्ठले जानकारी दिए । 

‘होली रंगहरुको पर्व हो । मनोरञ्जनात्मक सांगितिक कार्यक्रमले यसमा थप रंग थप्नेछ । त्यस्तै अस्ट्रेलियामा बसेको नेपाली समुदायलाई आपसमा भातृत्व साटासाट गर्ने अवसर मिल्नेछ,’ उनले भने । उनले कार्यक्रमका दौरान नेपालका सांस्कृतिक तथा पर्यटकीयस्थलहरुको पनि प्रचार प्रसार गरिने जानकारी दिए । 

जात्रामा सांगीतिक प्रस्तुतीसँगै सांस्कृति झाँकी, बालबालिकाका लागि विभिन्न गेम स्टल तथा नेपाली खानाका परिकारहरु राखिएका विभिन्न स्टल हुनेछन् । अन्तर्राष्ट्रियस्तरमा नेपाली कला, संस्कृति र गीत–संगीतको प्रवद्र्धन गर्न यो कार्यक्रमले सहयोग गर्ने विश्वास लिइएको श्रेष्ठले बताए । 

‘जात्रा’ का अघिल्ला संस्करणमा गायक रामकृष्ण ढकाल, सञ्जिव सिंह, प्रशान्त तामाङ, स्याडोज ब्यान्डलगायतले प्रस्तुती दिइसकेका छन् । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि