बैशाख २५, २०८१, मंगलबार
               

एनआरएनएको अध्यक्षका प्रत्यासी पन्तका यस्ता छन् प्रतिवद्धता

नेपाल फ्ल्यास
असोज ०४, २०७६

ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । पन्त हाल एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष  छन् ।

काठमाडौंमा एक पाँचतार होटलमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा  गरेका हुन् ।

पन्तले आफू अध्यक्षमा चयन भए आफ्नो कार्यकालमा १० अर्ब रुपैयाँको सामुहिक लगानी कोषलाई मूर्तरुप दिने बताए । विदेशमा सिकेको सीप र प्रविधि नेपाल भित्र्याउने आफ्नो योजना पनि उनले सुनाए । 

पन्तको अर्को योजना पर्यटन प्रवर्द्धन रहेको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न भूमिका खेल्ने प्रतिवद्धता उनले जनाएका छन् । 

घोषणा समारोहमा पन्तले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने प्रतिवद्धता व्यक्त गरे । पन्तले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामुहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने बताए। 

उनले संघलाई राजनीतिक दलको छत्रछायाबाट मुक्त गरी गैरआवासीय नेपालीको विशुद्ध साझा संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले जर्मनी हुँदै युरोपका विभिन्न देशमा लगानी गरेका छन् । 

नेपालमा जलविद्युत्, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट र सिमेन्ट उद्योगलगायतमा उनको लगानी छ ।  


कस्तो लाग्यो ?

यो पनि