बैशाख २४, २०८१, सोमबार
               

एनआरएनएको सचिवमा बस्नेतको उम्मेदवारी घोषणा

नेपाल फ्ल्यास
भदौ ०८, २०७६

ADVERTISEMENT

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी सम्मेलनमा उम्मेदवारीको क्रम चलेको छ । यसैक्रममा एनआरएन आइसीसीको सचिवका लागि अस्ट्रेलियावासी सक्रिय व्यक्तित्व अभिमान सिंह बस्नेतले उम्मेदवारीको घोषणा गरेका छन् ।

सम्मेलन आगामी अक्टोबर १३ देखि १६ तारिखसम्म काठमाडौंमा हुँदैछ ।

अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहेका बस्नेतले एनआरएनए अष्ट्रेलियालगायत विभिन्न संघ संस्थामा बसेर सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

उम्मेद्वारीको घोषणा गर्दै बस्नेतले एनआरएनमा राजनीति गर्नु नहुने र अनावश्यक दलीय राजनीति नहोस् भन्ने आफनो चाहना रहेको बताए ।

उनले आफू सचिव बनेर एनआएरएनका गतिविधिलाई अझ अगाडि बढाउँदै मातृभूमि र नेपालीको सेवामा हात फैलाउने योजना सुनाए ।

सचिव उम्मेदवार बस्नेतका प्रतिवद्धता यस्ता छन्

१) एक पटकको नेपाली सधैंको नेपाली, हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन ।

२) पर्यटन प्रबर्द्धनमा एनआरएनको प्रत्यक्ष सहभागिताका लागि जुट्ने ।

३) Genealogy Tourism लाई प्राथमिकतामा राखेर योजना बनाउने ।

४) संसारभरिको NCC ले ICC लाई तिर्दै आएको US $५ सदस्यता लेभी घटाउन पहल गर्ने ।

५) ज्ञान-सिपको आदान प्रदानका लागि कार्यक्रम बनाएर व्यवसायी, बौद्धिक वर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने ।

६) वर्तमान समयमा ICC का अधिकांश कामहरुलाई NCC ले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा ICC ले NCC लाई पनि अझ बढी सहयोग गर्ने वातावरण बनाउने, दोहोरो सहकार्यका लागि काम गर्ने ।

७) ICC र NCC को प्रत्यक्ष कम्युनिकेसनको वातावरण बनाउने ।

८) ICC को योजना अनि कार्यक्रमहरुलाई NCC सम्म पुर्‍याउन समन्वयकारी भूमिकामा रहेर काम गर्ने ।

९) ICC सचिवको रुपमा महासचिव र अध्यक्षलाई साथ दिँदै समितिमा सक्रिय भूमिका खेल्ने।


कस्तो लाग्यो ?

यो पनि