बैशाख २४, २०८१, सोमबार
               

चीनमा एनआरएन महिला फोरम गठन

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

चीनमा गैरआवासीय नेपाली संघ (एनआरएन)को महिला फोरम गठन भएको छ। रन्जिता आचार्यको नेतृत्वमा नौ सदस्यीय फोरम गठन भएको हो ।

नवगठित फोरममा सविता बर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली सदस्य रहेका छन् । त्यस्तै डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल सदस्य चयन भएका छन् ।
फोरमको सल्लाहकारमा अमृता थापा (कञ्चन) र खुश्बु अग्रवाललाई राखिएको छ ।
एनआरएन चीनका अध्यक्ष सुदेशकुमार झाको उपस्थितिमा महिला फोरम गठन गरिएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष टिका गुरुङ, गैरआवासीय नेपाली संघ मकाउ अध्यक्ष शान्तिदेवी अधिकारी एवं ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासबाट रक्षा पोखरेल सहभागी भएका थिए ।

महिला फोरमले नेपालको दुर्गम गाउँमा सिलाई मशिन पठाउन आफ्नो तर्फबाट पचास हजार रुपैयाँ (तीन हजार युआन) उठाएर कोष स‌ंकलनको सुरुवात पनि गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि