बैशाख २२, २०८१, शनिबार
               

विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल

नेपाल फ्ल्यास
असोज ०१, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा समेट्ने ब्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकामा पुगेका प्रचण्डले नेपाली सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने दावी गरे । 

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो । 
 


कस्तो लाग्यो ?

यो पनि