बैशाख २२, २०८१, शनिबार
               

प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

नेपाल फ्ल्यास
असोज ०१, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ ।

भेटमा नेपालको शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि