बैशाख २०, २०८१, बिहीबार
               

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री

नेपाल फ्ल्यास
भदौ २९, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । 

आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी दिए । 

अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’ उनले भने । 

प्रधानमन्त्रीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको बताउदै, आक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढेको समेत जानकारी दिए । उनले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको पनि बताए । 

प्रधानमन्त्री प्रचण्डले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाण्डौको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराए । । उनले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता प्रदर्शन हुन नसकेको देखाएको पनि उल्लेख गरे । 
 


कस्तो लाग्यो ?

यो पनि