बैशाख १७, २०८१, सोमबार
               

सातै प्रदेशमा नेम्वाङको स्मृतिमा एमालेले कार्यक्रम गर्ने

नेपाल फ्ल्यास
भदौ २९, २०८०

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले संविधानसभाका अध्यक्ष स्व.सुवास नेम्वाङको स्मृतिमा आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने जनाएको छ ।  

पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले यो निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने भएको छ ।   

एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष जाने कार्यक्रम तय भएको छ । 

जसअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जानेछन् । कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जानेभएका हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि