बैशाख २७, २०८१, बिहीबार
               

गृहमन्त्रीलाई गगनको प्रश्न — के काठमाण्डौमा एक्लै हिँड्न नमिल्ने भएकै हो ?

नेपाल फ्ल्यास
भदौ २१, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणप्रति बिरोध जनाएका छन् । यादवमाथि सनकको भरमा साङ्घातिक आक्रमण भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई थापाले सचेत गराएका छन् । 

आज बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले त्यो घटनाको सबै पक्षको अनुसन्धान गर्न सरकारसँग माग गरे । उनले  के काठमाण्डौमा एक्लै हिँड्न नमिल्ने अवस्था आएको हो भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्नसमेत गरे । कोही जलाइदिन्छु भन्ने, कोहीले खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाण्डौमा आफूहरू एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर, परिणाम आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो । उनले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । 

उनले भने, नेपाली कांग्रेसका सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो दिउँसो काठमाण्डौमा साङ्घातिक आक्रमण भएको छ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । यो घटना कसरी भयो, किन भयो,  यसका सबै पक्षहरूको बारेमा राम्रोसँग अनुसन्धान होस् । म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु– के हामीले काठमाण्डौमा एक्लै हिँड्न नमिल्ने भएको हो । 
महामन्त्री थापाले पाँच वर्षीया एक बालिकाको काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको भन्दै त्यो घटनाको छानबिन गरी तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए । 
 


कस्तो लाग्यो ?

यो पनि