बैशाख २७, २०८१, बिहीबार
               

लुम्बिनीमा नयाँ नेतृत्व चयनका लागि एमालेको मतदान शुरु

नेपाल फ्ल्यास
भदौ १९, २०८०

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहानबाट मतदान शुरु भएको हो ।

राधाकृष्ण कँडेल र हरि रिजाल एमाले लुम्बिनीको अध्यक्षमा  प्रतिस्पर्धामा रहेका छन् । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल गुट र प्युठानका रिजाल महासचिव शंकर पोखरेल गुटका मानिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य रहेका छन् । सचिवमा भने लक्ष्मण आचार्य  निर्विरोध भइसकेका छन् । 
सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो । ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति  चुनावले निर्वाचित गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।
 


कस्तो लाग्यो ?

यो पनि