बैशाख २७, २०८१, बिहीबार
               

हत्या अरोपी स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्ध सिंह पक्राउ

नेपाल फ्ल्यास
भदौ १८, २०८०

ADVERTISEMENT

सप्तरी । सप्तरी क्षेत्र नं.४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।  
सिंहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले राजविराजबाट सोमबार दिउँसो पक्राउ गरेको हो । उनीमाथी सप्तरीको साविक खोक्सरप्रवाहा गाविस १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्याको आरोप छ । 
 २०६४ साल असार ९ गते तत्कालिन नेकपा माओवादीका नेता गोबिन्द चौधरीको सिंहको निर्देशनमा साविकको बोदेबर्साइन गाविस ४ बाट अपहरण गरी सोही दिन नेङडा गाविस ५ वैरिया टोलमा पाँचवटा गोली हानी हत्या गरिएको जाहेरीमा उल्लेख छ । 
मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
उक्त विषयमा जाहेरीपरेपछि अदालतमा वयान दिन समेत नआएर सिंह फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ । 
२०७९ मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा उनी आफै मनोनयन दर्ता देखि प्रचारप्रसारमा सहभागी भएका थिए । तर, फरार सुचिमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारवाही गरेका थिएन  । 


 


कस्तो लाग्यो ?

यो पनि