बैशाख २१, २०८१, शुक्रबार
               

सरकार सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल फ्ल्यास
भदौ १२, २०८०

ADVERTISEMENT

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा बनेको सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरामा सरलता ल्याउने बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्रीले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन् । उनले सरकार सफल हुने पनि दाबी पनि गरे । 

उनले भने, ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल पनि हुदैन । सरकार पूर्ण रुपमा सफल हुन्छ । छलफल सकारात्मक ढङ्गले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’
 


कस्तो लाग्यो ?

यो पनि