बैशाख २०, २०८१, बिहीबार
               

संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

नेपाल फ्ल्यास
भदौ ११, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिलाई शपथ गराएका हुन् । 

नेपाली कांग्रेसका सन्तोष चालिसे संसदीय समितिअन्तर्गत अर्थ समितिको सभापतिमा, जनता समाजवादीका राजकिशोर यादव, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा , नेकपा(माओवादी केन्द्र)  की विमला सुवेदी, कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा र  कांग्रेसकी आरजु राणा देउवा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएका छन् । 

यस्तै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । 
यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान निर्वाचित भएका छन् । यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि