बैशाख २०, २०८१, बिहीबार
               

चुनौतीलाई अवसरका रूपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्छ: महामन्त्री थापा

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।  

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै आइतवार महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया शुरु गरेकोमा केही आशा जगाएको बताए । ती सबै फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्ने उनको भनाइ छ । 

‘विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबिन गरी दण्डित गरिनुपर्छ’, उहाँले भने । चुनौतीलाई अवसरका रूपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले भने, ‘२०८४ सालको चुनावको चिन्ता होइन, २०८० देखि नै देशको अवस्था परिर्वतनमा हामी सबै एक भएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।’ 

केही दल आउँदो आमचुनावमा जित–हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने उल्लेख गरे । महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्न थालेको टिप्पणी समेत गरे ।  कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर नागरिकको परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने उनको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि