बैशाख २०, २०८१, बिहीबार
               

प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले मन्त्री पद त्याग गरेँ: अमनलाल मोदी

नेपाल फ्ल्यास
साउन २९, २०८०

ADVERTISEMENT

काठमाडौं । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन् ।  राम्रो काम गर्दा गर्दै अप्ठेरोमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेरको उनको भनाइ छ । 

आफ्नो बिदाइका लागि सोमवार मन्त्रालयमा आयोजित कार्यक्रममा निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएकाले त्यसलाई आफूले सहज  रूपले लिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई देश र नागरिकको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए । किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्रीप्रति आभार पनि व्यक्त गरे ।  

उनले भने, ‘प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ । राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ । उहाँले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कसै न कसैले त्याग गर्नुपर्‍यो भन्दा मैले सहजै हुन्छ भनेँ ।’

निवर्तमान मन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङ्घीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । झन्डै सात महिना मोदीले मन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए । 


कस्तो लाग्यो ?

यो पनि