बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने : शेखर कोईराला

नेपाल फ्ल्यास
साउन २७, २०८०

ADVERTISEMENT

भक्तपुर । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके अहिलेको सरकार धेरै दिन नरहने बताएका छन् । 

शनिवार भक्तपुरमा आयोजीत कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् । 

नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको नेता कोईरालाको तर्क थियो । 

उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए । 

राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुनको निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि नेता कोईरालाले दोहोर्‍याए । 


नेता कोईरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत उनको भनाइ थियो । 
 


कस्तो लाग्यो ?

यो पनि