बैशाख २१, २०८१, शुक्रबार
               

सुनील शर्माले सुन तस्करीबारे बोल्दा सरकारले प्रतिशोध साँध्यो: कांग्रेस सांसद

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

काठमाडौं । पार्टीका सांसद सुनील शर्मा पक्राउ परेको विषयले नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रवेश पाएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात—आठ वर्षअघिको मुद्दा भएको बताउदै अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण सरकारले उनिमाथी प्रतिशोध साँध्न पक्राउ गरेको टिप्पणी गरेका छन् । 

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाको बारेमा र बैठकको कार्यसूचीको बारेमा ब्रिफिङ गरेका थिए । बैठकमा संसद् बैठकको अवरोध, संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसदमा कांग्रेसको प्रभावकारी भूमिकाको बारेमा सांसदहरूले प्रश्न उठाएका थिए । 

बैठकमा सांसदहरूले अविरल वर्षाका कारण आएको बाढी पहिरोका साथै डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महँगी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा पनि आवाज उठाएका थिए । 

बैठकमा झन्डै २० जना सांसदले धारणा राखेको र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्को बैठक आइतवार दिउँसो १ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि