बैशाख २२, २०८१, शनिबार
               

एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै  नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आजको बैठकको शुरुमै एमालेका सांसदहरूले अवरोध गरेपछि सत्तापक्षका सांसदहरूले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरूले अवरोध गर्ने रणनीतिका साथ उठेर विरोध गरेका जनाएका थिए । सत्तापक्षमा सांसदहरू उठेपछि एमालेका सांसदहरूले बेल घेराउ गर्दै सरकार र सत्तापक्षविरुद्ध नाराबाजी गरेका हुन् । 

एमालेका सांसदहरूले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि