बैशाख २२, २०८१, शनिबार
               

राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट, संसद्को अवरोध हटाउने विषयमा छलफल

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आज बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा करिव आधा घण्टाको भेटमा संसद्मा भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

भेटमा राष्ट्रपति पौडेलले संसद्मा भइरहेको अवरोधबारे चासो राखेका थिए । उनले संसद्को अवरोध खुलाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफलको प्रयासबारे जानकारी लिनु भएको थियो ।

भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नु भएको थियो  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर संसद् अवरोध गर्दै आइरहेको छ।
 


कस्तो लाग्यो ?

यो पनि