बैशाख २२, २०८१, शनिबार
               

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

नेपाल फ्ल्यास
साउन २०, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज बेलुका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । 

कुराकानीमा प्रचण्ड र मोदीले नेपाल–भारत द्विपक्षीय सहयोगका विभिन्न विषयमा समीक्षा गरेका छन् ।  पछिल्लो भारत भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ । 

भारतले अघि सारेको ‘छिमके पहिले’ नीति अनुसार नेपाल भारतको नजिकको सहयोगी र साझेदार रहेको मोदीले बताएका छन् । यो वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि