बैशाख २२, २०८१, शनिबार
               

संसदमा एमाले अडान:राष्ट्रियसभा बैठकनै स्थगित

नेपाल फ्ल्यास
साउन १८, २०८०

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । एमालेको अवरोधपछि आजको बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक अब यही साउन २२ गते सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

आजको बैठक शुरु हुनेबित्तिकै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाएका हुन् । ‘सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ’, उनले भने, ‘दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।’ उहाँले यही साउन ३ गते एक क्विन्टलभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारूपमा हेर्न नहुने बताए ।  

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको तथा यो विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे । उनले नागरिकसमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए । अध्यक्ष तिमिल्सिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो ।


कस्तो लाग्यो ?

यो पनि