बैशाख २२, २०८१, शनिबार
               

जटिल राजनीतिक परिस्थितिमा पनि नागरिकमा सरकारप्रति आशा बढ्दै : प्रचण्ड

नेपाल फ्ल्यास
साउन १७, २०८०

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही बेरअघि शुरु भएको छ । काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बैठकको अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । 

बैठक उद्घाटनमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएपछि नागरिकमा सरकारप्रति आशा बढेको दाबी गरे । उनले देशको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट नागरिकमा आशा जगाउने काम गरेको बताए । पार्टीको बैठकले नागरिकमा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर आउँदो रणनीति र कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ । 

बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम शुरु हुनेछ । बैठकमा तीन सय ८७ जना केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, आयोग तथा विभाग प्रमुखहरू गरी सात सय ५८ जना सहभागी छन् ।

यसअघि आजै बिहान बसेको स्थायी कमिटी बैठकले तीन सय ८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर चार सय सात सदस्यीय बनाउने निर्णय पनि गरेको छ । यस्तै स्थायी कमिटी बैठकले आउँदो मङ्सिरमा विधान अधिवेशन र त्यसको एक वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि