बैशाख २१, २०८१, शुक्रबार
               

सत्ता गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने

नेपाल फ्ल्यास
साउन १६, २०८०

ADVERTISEMENT

काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भए पछि गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा सभामुख गौतम राजीनामा दिन सहमत समेत भएका छन् ।  गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भएको बुझिएको छ ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेश सभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन लागिएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि