बैशाख २२, २०८१, शनिबार
               

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डरायो: एमाले प्रमुख सचेतक

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार डराएको बताएका छन् । 

सोमवार संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिचकिचाइरहेको जिकिर गरे । उनले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने समेत बताए । 

उनले भने, ‘सरकार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउन किन चाहन्न भने त्यहाँ मन्त्रीहरू तानिन सक्छन्, हाई प्रोफाइलका कर्मचारी, नेताहरू तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई सुन तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भएको छ ।’

प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको केन्द्र बन्न लागेको भन्दै यसलाई रोक्नुपर्ने बताए । 
 


कस्तो लाग्यो ?

यो पनि