बैशाख २२, २०८१, शनिबार
               

मधेस प्रदेश सरकारका दुईमन्त्रीको राजीनामा

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट आज राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए ।  

जनमत पार्टीका नेता वीपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन् । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गएको जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिएका थिए । त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा रहेका थिए ।  

नेता साहका अनुसार उनिहरुका ठाउँमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ । कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खङ्गलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ, साहले भने ।
 


कस्तो लाग्यो ?

यो पनि