बैशाख २१, २०८१, शुक्रबार
               

भ्रष्टाचारका थप फाइल खुल्दै जाने: प्रधानमन्त्री
आमनागरिकले साथ दिनेमा विश्वास

नेपाल फ्ल्यास
साउन १४, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गरेका छन् । 

आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताएका छन् । 

उनले भने, ‘युवा तहबाट सरकारले अभियानमा जुन समर्थन पाएको छ, आउने दिनमा अरू फाइल खुल्दै जानेवाला छन् ।’ सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उहाँले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह गरे । 

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गरे । 
 


कस्तो लाग्यो ?

यो पनि