बैशाख २३, २०८१, आइतबार
               

फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्था गरौं: प्रदीप पौडेल

नेपाल फ्ल्यास
साउन १४, २०८०

ADVERTISEMENT

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले भावनात्मक बनाउन नहुने जिकिर गरेका छन् ।  

बुटवलमा आइतवार आयोजित पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधनिक व्यवस्था हुनुपर्ने बताए । 

नेता पौडेलले सुन काण्डको प्रभावकारी र पारदर्शी छानबिन हुनुपर्ने बताउदै भरियालाई दोषी बनाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिने प्रयास गरिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा मागिने समेत बताए । 

११ महिनापछि बसेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनु पारदर्शीताको नमुना हो भन्दै उनले अबका बैठकहरू पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताए । सङ्घीयता कार्यन्वयनका लागि बनेका संयन्त्रहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसक्दा सङ्घीयताप्रति नै नकारात्मक धारणा बढिरहेको भन्दै उनले प्रदेश र सङ्घीय संरचनाहरूलाई चुस्त र मितव्ययी बनाउनुपर्नेमा जोड दिए । 
 


कस्तो लाग्यो ?

यो पनि