बैशाख २३, २०८१, आइतबार
               

छिट्टै लागू हुन्छ कृषि ऐन: कृषि मन्त्री भुसाल

नेपाल फ्ल्यास
साउन १४, २०८०

ADVERTISEMENT

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषिका लागि मुख्य कानुनको आवश्यक्ता महसुस गर्दै त्यसको मस्यौदा तयार भएको बताएका छन् । कृषि ऐनको मस्यौदा  तयार भएको र यसको बारेमा छलफल जारी रहेकोले छिटै टुङ्गोमा पुग्ने उनले बताएका छन् ।  ऐनलाई छिटो छिटो अगाडि बढाएर सांसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो । 

कानुन आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले यसमा आआफ्नो सुझाव दिएर सहयोग गर्न उनले आग्रह समेत गरे । खाद्यका लागि कृषि अभियानले आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकता बारे प्रारम्भिक छलफल कार्यक्रममा उनले यस ऐनको बारेमा  प्रदेश पनि छलफल भइरहेको बताए । 

बाँकी रहेका विषयमा संसद्मा छलफल हुने बताउँदै उनले मन्त्रीपरिषद्बाट पारित गराएर चाँडै नै संसद्मा लैजाने बताए । यस ऐनको २०७६ सालमा पहिलो ड्राफ्ट तयार गरिएको थियो ।


 


कस्तो लाग्यो ?

यो पनि