बैशाख २४, २०८१, सोमबार
               

कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मन्ने :प्रकाशमान सिंह
कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख

नेपाल फ्ल्यास
साउन १३, २०८०

ADVERTISEMENT

भरतपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोशी प्रदेशको सरकारका विषयमा सर्वोच्च अदालतले गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् ।  आज चितवनमा सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्ने नेता सिंहले मताए । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भने । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ थियो । 
 
नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्ने र सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उनको भनाइ थियो । 
 


कस्तो लाग्यो ?

यो पनि