बैशाख २३, २०८१, आइतबार
               

राष्ट्रपतिबाट मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

नेपाल फ्ल्यास
साउन १२, २०८०

ADVERTISEMENT

काठमाडौ । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । 

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप लिएको छ । अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । 

विधेयक प्रतिनिधि सभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले हिजो सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । 

विधेयकमा कम रकम दिइ बढीको लिखत बनाउने, रकम नै नदिइ लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेश खारेज भएपछि संसदमा फास्ट ट्रयाकबाट विधेयक पास गरिएको हो ।  
 


कस्तो लाग्यो ?

यो पनि