बैशाख २३, २०८१, आइतबार
               

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर
नयाँ सरकारको प्रक्रियाया अघि बढ्न आदेश

नेपाल फ्ल्यास
साउन ११, २०८०

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।

बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।

सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नेछन् ।

यसअघि माओवादीले साथ छाडेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेको थियो । तर, कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा बहुमत नपुगेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा उद्धव थापा मुख्यमन्त्री बनेका थिए । 


कस्तो लाग्यो ?

यो पनि