बैशाख २४, २०८१, सोमबार
               

४ बजे पुनः बस्ने गरि सकियो माओवादी पदाधिकारी बैठक

नेपाल फ्ल्यास
साउन १०, २०८०

ADVERTISEMENT

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे बस्ने गरी सकिएको छ । बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

पार्टी बैठक व्यवस्थित रुपमा बस्नका लागि एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको उपाध्यायले बताए । पार्टीका एजेण्डाहरु के के हुने हुन् र बैठकलाई व्यवस्थित गर्न के के गर्न सकिन्छ भन्ने विषयमा समग्र रुपमा छलफल गर्न बैठक बोलाएको पनि उपाध्यायले बताए । 

आजको पदाधिकारी बैठक कार्यबहाक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।  पार्टी पदाधिकारी बैठक सकिएलगत्तै संगठन विभागको बैठक साढे १२ बजेदेखि बस्ने भएको छ । केन्द्रीय समिति बैठकलाई लक्षित गरेर संगठन विभागको बैठक बस्न लागेको जनाइएको छ । 
 

यो पनि