बैशाख १६, २०८१, आइतबार
               

ओली र सीपीसीका नेताबीच भेट
आपसी सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

काठमाडौं । एमाले अध्यक्ष र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउदै लैजाने विषयमा छलफल भएको छ । भेटमा एमाले अध्यक्ष ओलीले मुलक अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्त्वपूर्ण हुने धारणा राअ‍ेका थिए भने, नेता युआनले नेपाल र नेपाली नागरिकको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताएका थिए । 

अध्यक्ष ओलीले चीनले नेपाललाई सधैँ प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरूको प्रशंशा गरेका थिए । भेटमा ओली नेतृत्वको सरकारका बेला दुई देशबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिए । 

श्रीलङ्काको भ्रमण पूरा गरी गएको आइतवार नेपाल आएका नेता युआनले प्रधानमन्त्री प्रचण्डसँग भने अर्चुअलु संवाद गरेका थिए । इटली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेता युआनले भर्चुअलु संवाद गरेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि