बैशाख २४, २०८१, सोमबार
               

आलोचना बन्द गर्नुपर्छ :कांग्रेस बैठकमा आरजुको आक्रोश

नेपाल फ्ल्यास
साउन ०५, २०८०

ADVERTISEMENT

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् । जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेतृ देउवाले सार्वजनिक रूपमा पार्टी नेता र नेतृत्वप्रति भएको आलोचना बन्द गर्नुपर्ने बताएकी हुन् । साथै उनले क्रियाशील सदस्यता वितरणमा कडाइ गर्नुपर्ने पनि बताइन् । ‘क्रियाशील सदस्यता के के पुरा गरेपछि मात्र दिनुपर्ने हो त्यो किटान गर्नुपर्‍यो । अरूले पार्टीले दिए भन्दैमा हामी त्यसैमा किन दौडने भन्ने प्रश्न गर्दै देउवाले भनिन,  ‘हाम्रो त जनताले प्रिन्सिपल बुझेको पार्टी हो, पुरानो पाटी पनि हो, हाम्रो आफ्नै प्रिन्सिपल छ ।’ 

उनले राजनीति गर्ने भनेकै असहज स्थितिमा गर्ने भन्दै पार्टीमा आबद्ध नेता कार्यकर्ता सबै पार्टीको सिद्धान्तअनुसार चल्न नसकेको बताइन् ।

‘पार्टी सिद्धान्तअनुसार चल्नुपर्‍यो । निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनै पर्ने भनेको छ । हाम्रो पार्टीको त्यसमा के योजना हो रु’, उनले दलितहरूका लागि पनि आवश्यक मापदण्ड बनाउनुपर्नेमा जोड दिँदै समानुपातिकको व्यवस्था कहिलेसम्म राख्ने हो भनेर प्रश्न गरिन् ।

साथै उनले देशको सरकार कसरी चलेको छ भनेर यसबारे समेत बहस गर्न जरुरी रहेको बताइन् ।
 

यो पनि