बैशाख २३, २०८१, आइतबार
               

जनमत पार्टीबाट बारा— २ को उपनिर्वाचनमा उम्मेदवार बनेका कुशवाहा निष्काशित

नेपाल फ्ल्यास
साउन ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । वैशाख १० को प्रतिनिधि सभा उपनिर्वाचनमा बारा—  २ सर्वाधिक चर्चामा रहेको क्षेत्र थियो। यसको कारण थियो, जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन माओवादीबाट जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र कुशवाहा उम्मेदवार बन्नु । कुशवाहा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउत नै मरिमेटेर लागेका थिए। तर अब उनै कुशवाहालाई जनमत पार्टीले नबोक्ने भएको छ। पार्टी हित विपरीत काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको छ।

बुधबार बसेको बैठकले उक्त निर्णय गरेको अनुशासन विभाग प्रमुख दिपककुमार साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। २०८० श्रावण ३ गते बुधबारका दिन जनमत पार्टी केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा केन्द्रीय अनुशासन समिति प्रमुखको रोहबरमा बसेको बैठकबाट छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै जनमत पार्टीको नीति निर्देश र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकोले निम्नअनुसारको कारबाही गरिएको छ, विज्ञप्तिमा उल्लेख छ‌।

कुशवाहाका अलवा अन्य नेता तथा कार्यकर्ता पनि कारबाहीमा परेका छन्।
 

यो पनि