बैशाख १४, २०८१, शुक्रबार
               

कमर्श क्याम्पस सभापतिमा स्वतन्त्रबाट हुमागाईँ प्रतिस्पर्धामा

नेपाल फ्ल्यास
चैत ०१, २०७९

ADVERTISEMENT

काठमाडौं । राजनीतिक दलका भ्रातृ संगठन तथा तिनका गुटहरूबाट विद्यार्थीहरू वाक्क भइरहेको बेला नेपाल कमर्श क्याम्पस मिनभवनमा प्रभावशाली व्यक्तिले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

 नेपाल कमर्स क्याम्पसमा पहिलो नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईँले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थीहरूमाझ लोकप्रिय हुमागाईँको उम्मेदवारीले प्रमुख विद्यार्थी संगठनहरूभित्र खैलाबैला मञ्चिएको छ ।

राजनीतिभन्दा शिक्षालाई आफ्नो प्रधान मुद्दा बनाउँदै हुमागाईँ चुनावी मैदानमा खडा भएका छन् । 

स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । 

मंगलबार बिहान स्नातकोत्तर तहमा अध्ययनरत स्वतन्त्र विद्यार्थी समूहका संयोजक रोहित पोखरेल प्रस्तावक र लक्ष्मण केसी र खडकबहादुर खड्काको  समर्थकमा  स्वतन्त्रबाट हुमागाईँले सभापति पदमा एकल उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय हुमागाईँले क्याम्पसको शैक्षिक वातावरण सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण र शैक्षिक मुद्दाहरूलाई एजेन्डा बनाएर आफूले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

विगतमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको महत्त्वपूर्ण जिम्मेवारीहरू पूरा गर्दै वर्तमानमा राष्ट्रिय मिडिया प्रमुखको जिम्मेवारी सम्हालेका  हुमागाईँ विद्यार्थीको हक हितका लागि, विद्यार्थीलाई विभिन्न किसिमको सिपमूलक तालिमहरू सञ्चालन गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

२०७६ सालको सङ्घीय नमुना युवा सांसद समेत भइसकेका हुमागाईँ विभिन्न अन्तर्राष्ट्रिय युवा सम्मेलन र सेमिनार कार्यक्रमहरूमा सहभागी पनि भइसकेका छन् ।

सञ्चार क्षेत्रमा पनि शैक्षिक विधालाई लिएर मिडियामा सक्रिय भएका हुमागाईँ गुणस्तरीय शिक्षा, रोजगार, संस्कार र सीपयुक्त शिक्षाका लागि प्राज्ञिक व्यक्तित्वहरू र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूसँग शैक्षिक बहस कार्यक्रमहरू गर्दै आइरहेका छन् भने विभिन्न अनलाइन सञ्चार माध्यम र प्रिन्ट मिडियामा दर्जनौँ लेख रचनाहरू पनि प्रकाशन गरिसकेका छन् ।

उनलाई स्वतन्त्र विद्यार्थी समूह र नेपाल कमर्स क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूका राम्रो साथ र सहयोग रहेको बुझिएको छ ।
स्वतन्त्र विद्यार्थी समूहका संयोजक एवम् सामाजिक अभियन्ता नेपाल कमर्स क्याम्पसमा राम्रो छाप पार्न सफल विद्यार्थी नेता रोहित पोखरेलले स्वतन्त्र उम्मेदवारी मात्र नभएर यो अभियान रहेकोले यश अभियानमा सम्पूर्ण बुद्धिजीवी विद्यार्थीहरूका साथ र सहयोग गर्ने पनि बताएका छन् ।

यस्ता छन् हुमागाईँका प्रतिवद्धता

 

यो पनि