बैशाख १४, २०८१, शुक्रबार
               

महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाऔँ: आरजु देउवा

नेपाल फ्ल्यास
फागुन २४, २०७९

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चिततासहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सन्देश जारी गर्दै नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्त्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै विशेष गरी महिलाहरूलाई नवीनतम प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन्। 

'डिजिटल प्रविधिको पहुँच र प्रयोगमा पनि महिलाहरूको समान सहभागिता हुन जरुरी छ। किनकि यसले उनीहरूलाई आफ्नो आर्थिक उन्नति गर्न मद्दत गर्दछ ', उनको सन्देशमा भनिएको छ, 'प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछु। प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिनेगरी नीतिगत सुधारमा काम गर्ने छु।' 

नेपाली नारीहरूले आफूले पाएका अवसरमा सफल भएको जनाउँदै नेपाली नारीहरूले लगातार रूपमा शिक्षा, स्वास्थ्य सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरहरूका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एक आपसमा हातेमाले गरेर तोड्न लागि पर्ने पनि बताएकी छन्। उनले संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको नाराले उनीहरूको प्रविधिमा पहुँच स्थापना गर्नु पर्ने सन्देश दिएको पनि बताएकी छन्।

सन्देशमा भनिएको छ, 'म विशेष गरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि-साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याउने नीतिगत सुधारमा काम गर्ने छु।'

साथै उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेससहितका क्षेत्रहरूमा लैङ्गिक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छन्।

यो पनि