बैशाख १६, २०८१, आइतबार
               

संघीय सरकारबाट बाहिरियो एमाले, प्रदेशमा पर्ख र हेरको अवस्थामा

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बैठकको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

अघिल्लो सचिवालय बैठकमा सरकारबाट बाहिरिने निर्णय नगरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुष्ट बन्दै गएको थियो ।

प्रधानमन्त्रीले हिजो परराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईलाई स्वीट्जरल्यान्ड भ्रमण रोकेर पूर्वकानुनमन्त्री गोविन्दप्रसाद कोइरालालाई पठाएका छन्। 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ।

पुस १० गते बालकोटमा सातदलीय गठबन्धन गरेर प्रचण्ड सरकारमा उपप्रधानसहित विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा गएको थियो। 

भागबन्डामा एमालेले प्रदेश १, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको समेत नेतृत्व पाएको थियो। जसमा सुदूरपश्चिमको नेतृत्व विश्वासको मत नपाएसँगै एमालेले गुमाइसकेको छ भने अरू प्रदेशको नेतृत्व पनि सङ्कटमा परिसकेको छ।

प्रदेश सरकारको हकमा भने एमालेले निर्णय गरिसकेको छैन । 

यसअघि राप्रपाले संघीय र प्रदेश सबैतिरबाट राप्रपा बाहिरिने निर्णय गरिसेकेको छ । 

यो पनि