बैशाख १६, २०८१, आइतबार
               

आज शहीद दिवस, वास्तविक शहीदको अवमूल्यन

नेपाल फ्ल्यास
माघ १६, २०७९

ADVERTISEMENT

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

मापदण्डविपरीत सरकारले जोकोहीलाई पनि शहीद घोषणा गरेकोले यसको विरोध पनि हुँदै आएको छ। जोसुकैलाई शहीद घोषणा गर्दा वास्तविक शहीदको अवमूल्यन हुने गरेको छ।


कस्तो लाग्यो ?

यो पनि