बैशाख २२, २०८१, शनिबार
               

प्रभु साहको दल खुल्यो, भएन अमरेशसँग हातेमालो

नेपाल फ्ल्यास
पुस १४, २०७९

ADVERTISEMENT

चुनावको मुखमा नेकपा एमालेलाई धोखा दिएर स्वतन्त्र उम्मेदवार बनी चुनाव जितेका प्रभु साहले दल खोलेका छन् ।

उनको दलको नाम आम जनता पार्टी राखिएको छ ।

साहको अध्यक्षतामा काठमाडौंमा बसेको विस्तारित बैठकले पार्टीको अन्तरिम विधान बनाएको छ । सँगसँगै साह अध्यक्ष रहेको ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरिएको छ ।

साहसँगै दलमा आबद्ध हुने भनिएका कांग्रेसका बागी सांसद अमरेशकुमार सिंह भने त्यसमा सरिक भएका छैनन् । वामपन्थी पृष्ठभूमिका साहसँग सिंहको मिलाप हुनेमा सुरुमै आशंका थियो । 

साहको पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जसमेत तोकेको छ ।

प्रदेश १ को इन्चार्जमा रामप्रित राम, अध्यक्षमा हरिप्रसाद पोखरेल, मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा श्रीचन मुखिया, वाग्मती प्रदेशमा इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा नाम्गेल मोक्तान, गण्डकी प्रदेश इन्चार्ज बद्रीप्रसाद न्यौपाने र अध्यक्षमा राजन यादवलाई जिम्मेवारी दिइएको छ ।

यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा सियाराम कुसवाह र सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुसवाह र अध्यक्षको जिम्मेवारी केशव राय चौधरीलाई दिइएको छ ।

यो पनि