बैशाख १६, २०८१, आइतबार
               

कस्तो होला प्रभु र अमरेश दल यात्रा!

नेपाल फ्ल्यास
मंसिर २९, २०७९

ADVERTISEMENT

स्वतन्त्रबाट चुनाव जितेका प्रभु साह र अमरे सिंहले नयाँ दल खोल्ने भएका छन्।

साह नेकपा एमालेको टिकटबाट नउठेर स्वतन्त्र उठेर जितेका थिए। रौतहटमा साहलाई सत्ता गठबन्धनको पनि साथ थियो। उता कांग्रेसबाट अघिल्लोपटक जितेर पनि यसपटक टिकट नपाएका सि‌ंह बागी बनेका थिए। तर सर्लाही ४ का मतदाताले उनलाई रुचाए।

प्रभुसँग रौतहट ४ बाट स्वतन्त्र निर्वाचित सांसद किरण साह पनि छन् ।

प्रभु वामपन्थी पृष्ठभूमिका हुन्। सिंह कांग्रेसमा लामो समय काम गरेका व्यक्ति हुन्। समयले उनीहरूलाई एकै ठाउँमा ल्याइपुर्‍याएको छ ।

उनीहरूले खोल्ने दलको नाम पनि लगभग निश्चित छ। आम जनता पार्टी नाम राखेर छिट्टै दल दर्ताको तयारी भइरहेको बुझिएको छ।


कस्तो लाग्यो ?

यो पनि