बैशाख १६, २०८१, आइतबार
               

निर्वाचन परिणाम अपेक्षा विपरीत तर गठबन्धन यथावत्

नेपाल फ्ल्यास
मंसिर १९, २०७९

ADVERTISEMENT

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा अपेक्षित नभएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूले चुनावको नतिजा अपेक्षाकृत नआएको जनाएका हुन् ।
खासगरी प्रत्यक्षतर्फ माओवादी र समानुपातिकमा एकीकृत समाजवादीको परिणाम खस्किएको विश्लेषण भएको थियो । 
बैठकमा गठबन्धन कायमै राखेर अघि बढ्ने सहमति बनेको छ । 
दुई दिनअघि माओवादीले सरकार गठनका सबै विकल्प खुला राख्ने निर्णय गरेपछि सत्ता गठबन्धनमा तरङ्ग मच्चिएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि