बैशाख ०८, २०८१, शनिबार
               

सिके राउतको बालुवाटार इन्ट्री, देउवाको न्यानो स्वागत !

नेपाल फ्ल्यास
मंसिर १५, २०७९

ADVERTISEMENT

केही वर्षअघिसम्म देश विखण्डनको नारा दिएका सिके राउतको अवस्था अब पुरै परिवर्तन भएको छ ।

प्रतिनिधिसभा सदस्यमा उपेन्द्र यादवलाई फराकिलो हार चखाएकासँगै उनको चर्चा चुलिएको छ ।

यसैक्रममा राउतलाई बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा न्यानो स्वागत गरेका छन् ।

सत्ता गठबन्धनलाई सरकार बनाउन थोरै सिट अपुग भएको अवस्थामा राउतलाई गरिएको आतिथ्यता राजनीतिक सहिष्णुता मात्र नभएर राजनीतिक गणितसँग पनि जोडेर हेरिएको छ ।

जनमत पार्टीबाट प्रत्यक्षमा सिके राउतले मात्र जिते पनि समानुपातिकमा लगभग पाँच सिट सुरक्षित गरिसकेको छ । उसको कुल ६ जना सांसद पुग्ने अनुमान छ ।

उपेन्द्र यादवको जसपा नेकपा एमालेसँग चुनावमा होमिएकोले जनमत पार्टीलाई आफ्नो कित्तामा उभ्याउने चाहना देउवाको छ ।

यो चुनावसँगै मधेस केन्द्रित दलको विकल्पको रूपमा जनमत पार्टीलाई हेर्ने अवस्था बनेको छ । यो परिवेशमा केपी ओलीको पालामा राष्ट्रिय राजनीतिको राजमार्गमा आएका सिके राउतको सत्ता गठजोडले मार्ग परिवर्तन हुन सक्छ ।

त्यसैले सत्ता समीकरणका पोख्त खेलाडी देउवाले राउतलाई आफू अनुकूल बनाउने प्रयास गरेका हुन् । तर जनमत पार्टीले आफू कुन कित्तामा उभिने भनेर स्पष्ट गरिसकेको छैन ।

उता, यसबीचमा टीकापुर हत्याकाण्डको अभियोगमा जेलमा रहेका रेसम चौधरीलाई पनि नेताहरूले भेट्ने क्रम बढेको छ । चौधरीको नागरिक उन्मुक्ति पार्टीले एक स्वतन्त्रसहित चार सिट हात पारेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रेसमलाई फकाउन डिल्लीबजार कारागार धाइरहेका छन् ।

यो पनि