बैशाख १४, २०८१, शुक्रबार
               

आलेको जिल्लामा ओली, कस्तो रह्यो बोली ?

नेपाल फ्ल्यास
कात्तिक २६, २०७९

ADVERTISEMENT

प्रेम आलेको जिल्ला डोटी पुगेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् । उनले आगामी चुनावमा छाडा बोल्नेलाई नजिताउन भनेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका उनले प्रेम आले मगरतर्फ संकेत गर्दै छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए । 

उनले आलेले डोटीको मात्रै नभई नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए । उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट लखेटेर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिई एमालेलाई दिन आग्रह गरे ।

यो पनि