बैशाख १४, २०८१, शुक्रबार
               

गाडी बेचेर सडक टाल्ने धरानका मेयर

नेपाल फ्ल्यास
असार २४, २०७९

ADVERTISEMENT

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन्। 

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्।  आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले लेखेका छन्। 

‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्बिरसहित राखेर मेयर साम्पाङले लेखका छन्, आज कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान।’

स्वतन्त्र रूपमा मेयरमा निर्वाचित साम्पाङले नगरपालिकाको गाडी प्रयोग गरेका छैनन्। उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।


कस्तो लाग्यो ?

यो पनि