बैशाख ०८, २०८१, शनिबार
               

एमसीसीबारे निर्णय लिने अधिकार नेपालकै: अमेरिका

नेपाल फ्ल्यास
फागुन ०८, २०७८

ADVERTISEMENT

अमेरिकाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने नगर्ने कुराको निर्णयको अधिकार केबल नेपालको भएको स्पष्ट गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो ।

विज्ञप्तिमा भनिएको छ, ५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरूबीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ ।

विज्ञप्तिमा यो वर्ष नेपाल र अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ ।

एमसीसी परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि