बैशाख १४, २०८१, शुक्रबार
               

एमसीसी पारित नभए सत्ता समीकरण टुट्ने

नेपाल फ्ल्यास
माघ १८, २०७८

ADVERTISEMENT

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण शेरबहादुर देउवा नेतृत्वको सरकार धरापमा पर्दै गएको छ ।

स‌ंसदबाट एमसीसी अनुमोदन नगरिएमा अहिलेको गठबन्धन टुट्ने निश्चित जस्तै भएको छ । 

एमसीसीको मामिलामा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने समान धारणा बनाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्नुपर्ने प्रस्ताव गरेका दुवै पार्टी गठबन्धन कायम राख्ने कि एमसीसीबाट बाहिर निस्कने भन्ने दोधारमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण टुटेमा एमसीसी पारित गर्न सहयोग गर्ने र सरकार पनि जोगाइदिने विश्वास प्रधानमन्त्री देउवालाई दिलाएका छन् । सोही कारण देउवाले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई दबाब दिन थालेका हुन् ।

दाहाल र नेपाल एमसीसी पारित गर्न तयार नभएमा यो समीकरण टुट्ने निश्चित छ । 

 

 

 


कस्तो लाग्यो ?

यो पनि