बैशाख १३, २०८१, बिहीबार
               

सुशासन नारामात्र : पदबाट हटेको चार महिनापछि गाडी फिर्ता !

नेपाल फ्ल्यास
पुस १७, २०७८

ADVERTISEMENT

प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।  चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननीयज्यूले फोन गर्नुभयो,' दाहालले भने, 'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।'

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राईले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 

उनले को १ झ ५६५ नम्बरको गाडी  प्रयोग गर्दै आएका थिए ।

राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो ।

वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि