बैशाख ०८, २०८१, शनिबार
               

यस्तो छ एमाले पदाधिकारीको कार्यविभाजन

नेपाल फ्ल्यास
मंसिर २६, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)ले पदाधिकारीहरूको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्य विभाजन गरेको हो । 

केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको कार्य विभाजन तोकिएको छ । 

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ । 

यस्तो छ पदाधिकारीको कार्य विभाजन

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
महासचिव शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वी सुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमाल: आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
भीष्म अधिकारी : कार्यालय सचिव
खगराज अधिकारी : संगठन विभाग


कस्तो लाग्यो ?

यो पनि